IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 10:38:12
IME remit
Global IME Bank Limited

वार्षिक औषत ३०% लाभांश दिएको शिखर इन्स्योरेन्सको आगामी यात्रा कस्तो ?

Hyundai Nepal
वार्षिक औषत ३०% लाभांश दिएको शिखर इन्स्योरेन्सको आगामी यात्रा कस्तो ?
Shivam Cement

काठमाण्डौ । शिखर इन्स्योरेन्स नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत १२ वटा निर्जिवन बीमा कम्पनीहरु मध्य एक हो । यो कम्पनी २०६१ साल मंसिर महिनामा स्थापना भएको हो । हाल यो कम्पनीको उपत्यका र उपत्यका बाहिर गरेर ११० वटा शाखा सञ्चालनमा छन् ।  

आधाभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ५० करोड ६३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको कुल पूँजी ५  अर्व २९ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ३९ करोड २ लाख ७३ हजार रुपंैयाँ रहेको छ ।  

त्यसैगरि, कम्पनीको प्रतिसेयर आम्दानी १९.६ रुपैयाँ कायम छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १४  प्रतिशतले बढी हो । कम्पनीको बुक भ्यालु १९९ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको  सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । कम्पनीको रिर्टन अन इक्विटी ९.८२ प्रतिशत रहेको छ । यो पनि अघिल्लो आवको तुलानामा करिब ८ प्रतिशतले बढी हो ।  

फिएर एण्ड ग्रिड मिटरको आधारमा  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर हाल ७५ को तह अर्थात बुलिस सेन्टिेमन्टमा चलेको छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ९ सय रुपैयाँ र न्यून मूल्य ६७८ रुपैयाँ रहेको छ । कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक समूह र ४९ प्रतिशत सेयर सर्बसाधारण समूहको छ । कम्पनीको बजार पूँजीकरण करिब १९ अर्ब रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल अपर ब्याण्डमा चलेको देखिन्छ । आज अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

त्यसैगरि, म्याक्डीमा यस अघि नै बुलिस क्रसओभर बनेको छ । हिस्टोग्राम सकरात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७० मा पुगेर हुक बनाएको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा यस कम्पनीमा अल्पकालिन करेक्सन हुन सक्ने देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –७२३

प्रतिरोध २ –७१९

प्रतिरोध १– ७०४

पिभट प्वइन्टः ६९०

घटेमा सपोर्ट  

सपोर्ट १– ६७५

सपोर्ट २– ६६१

सपोर्ट  ३ –६४०

निष्कर्षः अघिल्लो आर्थिक वर्षको यहि अबविधिको तुलनामा यस कम्पनीको जगेडा कोष करिब ३ सय प्रतिशतले बढेको छ । कम्पनीको खूद मुनाफा, प्रतिसेयर आम्दानी , बुक भ्यालु र रिर्टन अन इक्विटीमा पनि सुधार आएको छ । यस हिसाबले हेर्दा आधारभुत रुपमा यो कम्पनी बलियो अवस्थामा देखिन्छ । विगतमा कम्पनीले एकपटक ५० प्रतिशत र २ पटक ३० ÷३० प्रतिशत हकप्रद जारी गरेको थियो ।  

कम्पनीको ८ वर्षको औषत लाभांशदर ३०.६ प्रतिशत रहेको छ । प्राविधिक रुपमा कम्पनीको सेयर भाउलाई नियाल्दा बोलिङ्गर ब्याण्डको अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बन्नु र आएसआई ओभरबट जोनमा पुगेका कारण अल्पकालमा भने केही करेक्नस आउन सक्ने देखिन्छ । यद्यपी अल्पकालमा करेक्सन भएता पनि दीर्घकालमा भने अप ट्रेण्ड लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.