काठमाण्डौ । सरकारले एक सय विघाभन्दा बढी जमिनमा वासनादार धान खेती गर्ने परियोजनालाई बीमा प्रिमियममा छुट र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेटमार्फत यस्तो व्यवस्था गरिने बताएका हुन् ।
अर्थमन्त्रीले एक सय विघाभन्दा ठूलो चक्लामा वासनादार धान खेती गर्ने ७ वटा नमुना परियोजनालाई सहज रुपमा मल,बीउ,प्राविधिक सेवा तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने र बीमा प्रिमियममा छुट दिने व्यवस्था गरिएको बताए । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै सरकारले हिमाल र पहाडमा ५० रोपनी र तराईमा १० विघाभन्दा बढी जमिन एकीकरण र चक्लाबन्दी गरी व्यवसायिक रुपमा सामूहिक खेती,पशुपन्क्षी पालन एंव जडिबुटी खेती गर्ने व्यक्ति फर्म तथा सहकारीलाई ब्याज अनुदान, प्राविधिक सहयोग र मेशिनरी आयातमा कर छुट प्रदान गर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (50).jpg) 
                                        .jpg) 
                                         
                                         
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                