सोमबार, असार २,२०८२ 07:28:25
  • सोमबार, असार २,२०८२ 07:28:25
Global IME Bank Limited

भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो

Hyundai Nepal
भारतको सेयर बजार क्र्यास, गौतम अडाणीको कम्पनीको सेयरमूल्यमा पहिरो
Nabil Bank Limited

काठमाण्डौ । भारतीय सेयर बजार क्र्यास भएको छ । लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)ले एक्लैले बहुमत ल्याउने सम्भावना नदेखिएपछि भारतको सेयर बजार क्र्यास भएको हो ।  

आज भारतको सेयर बजार इन्डेक्स सेन्सेक्स ५ हजारभन्दा बढीको गिरावट देखिएको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ७२ हजार विन्दु तल आएको छ ।  

त्यस्तै निफ्टी ५० पनि १९ सय अंकलेको गिरावटका साथ २१ हजार ३७० विन्दुमा सीमित बनेको छ ।  

भारतीय सेयर बजारको यो गिरावट सन् २०२० अर्थात कोरोना महारी पछिकै सबैभन्दा धेरै हो । कोरोना कालमा भारतको सेयर बजार १३.१५ प्रतिशतले घटेको थियो । सन् २०२० को २२ मार्चमा सेन्सेक्स इ न्डेक्स २९ हजार ९१२ विन्दुमा थियो र २३ मार्चमा ३ हजार ९३४ अंकले घटेर २५ हजार ९८१ विन्दुमा झरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लोकसभा निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म सत्ताधारी पार्टी बिजेपीको गठबन्धन ‘नेशनल डेमानेक्रेटिक एलाइन्स’३०० स्थानमा अघि रहेको छ । संसदमा बहुमतका लागि न्यूनतम २७२ सीट आवश्यक पर्छ र बिजेपी एक्लैले भने यो ल्याउने सम्भावना देखिएको छैन ।  

आज भारतको सेयर बजारको सबै सेक्टरमा रातो पोतिएको छ । बैंकहरुको सेयरमूल्य ७.८ प्रतिशतले घटेको छ भने पूर्वाधार ९.१,तेल र ग्यास स्टकको ११.७,सरकारी स्वामित्वका बैंक र कम्पनीको क्रमश १७  र १६ प्रतिशतले सेयरमूल्यमा गिरावट आएको छ ।  

निफ्टी ५० मा कारोबार हुने कम्पनीहरुमध्ये गौतम अडाणीको कम्पनी अडाणी पोर्टको सेयरमूल्य सर्वाधिक खस्किएको छ । यो कम्पनीको सेयरमूल्य हालसम्म १९ प्रतिशतले ओरालो लागिसकेको छ । अन्तिम नतिजा आउँदासम्म चुनावी नतिजामा फेरबदल हुन सक्ने भयका कारण लगानीकर्ता त्रसित बन्दा सेयर बजारमा तीव्र गिरावट देखिएको भारतीय विज्ञहरुले बताएका छन् । बिजेपीले बहुमत ल्याउने सम्भावनाका बीच विगत केहि महिनादेखि भारतीय सेयर  बजार निरन्तर उकालो यात्रामा थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.