Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

टाटाले ल्यायो गेम चेन्जर इलेक्ट्रिक एसयूभी, अब कारबाट चल्नेछन् अन्य उपकरण, एउटाबाट अर्को गाडी हुनेछ चार्ज

Global IME Bank Limited
टाटाले ल्यायो गेम चेन्जर इलेक्ट्रिक एसयूभी, अब कारबाट चल्नेछन् अन्य उपकरण, एउटाबाट अर्को गाडी हुनेछ चार्ज
Nabil Bank Limited

काठमाण्डौ । टाटा मोटर्सले आफ्ना सवारीसाधनलाई निरन्तर नयाँ प्रविधि र सुविधासहित अपडेट गरिरहेको छ। 

एक समय थियो जब टाटाले कमर्सियल र हेभी गाडीमात्र उत्पादन गर्नमा विशेषज्ञता हासिल गर्यो र यसका कारणले ब्रान्डको इमेज यस्तो भयो कि कम्पनीले फलामका कारहरुमात्र उत्पादन गर्न सक्छ। तर, पछिल्ला केही वर्षमा टाटा मोटर्सले आफ्नो एड्भान्स प्रविधि र क्रान्तिकारी मोडेलहरुका कारण बजारको प्रवृत्ति र छवि लगभग परिवर्तन गरिसकेको छ।

यसको प्रमाण टाटा मोटर्सको नयाँ अफर टाटा नेक्सन.ईभीमा देख्न सकिन्छ। टाटाले अन्ततः भारतको सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक एसयूभीको नयाँ फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ र कम्पनीले यस नयाँ इलेक्ट्रिक एसयूभीमा धेरै सुविधा दिएको छ। कतिपय सुविधा यति एड्भान्स छन् कि अहिलेसम्म भारतीय बजारमा लक्जरी इलेक्ट्रिक गाडीहरुमा मात्रै देखिन्थ्यो। 

टाटा नेक्सन इलेक्ट्रिकको बाहिरी लुक र डिजाइन अघिल्लो मोडलको तुलनामा पूर्ण रुपमा परिवर्तन गरिएको छ। कम्पनीले यसलाई पूर्ण रुपमा नयाँ र ताजा लुक दिएको छ। कम्पनीले भर्खरै ल्याएको नेक्सन आईसीई (पेट्रोल–डिजेल) मोडलजस्तै छ यो पनि। यी दुई मोडेलको डिजाइनमा धेरै समानता छ।

कस्मेटिक अपडेटको साथसाथै कम्पनीले यस एसयूभीमा मेकानिकल अपडेट पनि दिएको छ। यस एसयूभीको ड्राइभिङ रेन्ज सुधारिनुका साथै केही एड्भान्स फिचर पनि थपिएका छन्। यस एसयूभीको लुक र डिजाइन कम्पनीको कन्सेप्ट मोडल कर्भिभबाट धेरै हदसम्म प्रेरित छ। यो नयाँ डिजाइन झनै एरोडायनामिक भएको र यसमा नयाँ एलईडी बत्तीको प्रयोग गरिएको कम्पनीको दाबी छ।

डुअल टोन पेन्ट स्किममा आउने यस एसयूभीको माथिल्लो भागमा कालो शेड दिइएको छ। जबकि आईसीई भर्जनमा बडी कलरको माथिल्लो भाग पाइनेछ। यसका साथै यसको अगाडि नयाँ हेडल्याम्प हाउसिङ, नयाँ युनिक स्लेटेड डिजाइन, पूर्ण एलईडी लाइटिङ प्रदान गरिएको छ। जुन ठ्याक्कै कर्भ कन्सेप्टबाट लिइएको हो। यी एलईडी बत्तीले कारको चार्जिङ स्थिति पनि बताउँछन्। जसरी केही स्मार्टफोनमा देख्न सकिन्छ। 

यसमा पनि कम्पनीले स्प्लिट हेडल्याम्प, क्रमिक एलईडी डेटाइम रनिङ लाइट्स (डीआरएलएस), ठूलो ग्रिलसहितको तल्लो बम्पर र चारैतिर चल्ने बाक्लो प्लास्टिकको प्रयोग गरेको छ। यसमा सिल्भर फक्स स्किड प्लेट पनि देखिन्छ। –एजेन्सी

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.