मंगलवार, असार ३,२०८२ 03:48:13
  • मंगलवार, असार ३,२०८२ 03:48:13
Global IME Bank Limited

कोशी प्रदेशका ३५.६५% जनसंख्याले गरे जीवन बीमा, २८४ वटा शाखा विस्तार

Hyundai Nepal
कोशी प्रदेशका ३५.६५% जनसंख्याले गरे जीवन बीमा, २८४ वटा शाखा विस्तार
Nabil Bank Limited

काठमाण्डौ । कोशी प्रदेशका ३५.६५ प्रतिशत जनसंख्याले जीवन बीमा गराएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोशी प्रदेशको कुल जनसंख्यामध्ये ३५.६५ प्रतिशत जनसंख्याले जीवन बीमा गराएका हुन् ।  

पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कोशी प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ रहेको छ । जसमध्ये १७ लाख ६८ हजार ८९३ जनसंख्याले जीवन बीमा गराएका छन् ।  

राष्ट्र बैंकका अनुसार उक्त प्रदेशमा १३ अ र्ब ३७ करोड ५७ लाख बीमाङ्क रकमको जीवन बीमा भएको छ ।  

त्यस्तै, कोशी प्रदेशमा कुल जनसंख्यामध्ये ४५।१६ प्रतिशत जनसंख्या भने बीमाको पहुँचमा रहेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये जीवन बीमा गर्नेको संख्या १७ लाख ६८ हजार हुँदा निर्जीवन बीमातर्फ २ लाख ७४ हजार १८३ जनसंख्या आबद्ध छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कोशी प्रदेशमा जीवन र निर्जीवन गरी कुल सक्रिय बीमालेख संख्या २० लाख ४३ हजार ७६ रहेको छ । कोशी प्रदेशमा कुल १४ जिल्लाहरु रहेका छन् । साढे २० लाख बीमालेख संख्याको १५ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ बराबरको बीमा रहेको छ ।  

त्यस्तै, जीवन बीमातर्फ २ अर्ब ८६ करोड ४७ लाख रुपैयाँ र निर्जीवन तर्फ १८ अर्ब ७९ करोड ३१ लाख रुपैयाँ गरी कुल २१ अर्ब ६५ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी भएको छ ।  

कोशी प्रदेशको १४ वटा जिल्लामा जीवन बीमा कम्पनीहरुको कुल २८४ वटा शाखा विस्तार भएका छन् भने निर्जीवन बीमा कम्पनीका १५० वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.