सोमबार, श्रावण १८,२०८३ 01:04:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:04:21
Bizshala
Global IME Bank Limited

माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी,बजार पूँजीकरणमा उछाल

माइक्रोसफ्टलाई उछिन्दै एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी,बजार पूँजीकरणमा उछाल
New Office

काठमाण्डौ । एआई चिप निर्माता कम्पनी एनभिडिया विश्वकै मूल्यवान कम्पनी बनेको छ । कम्पनीले अमेरिकी दिग्गज प्राविधिक कम्पनी माइक्रोसफ्टलाई उछिन्दै यो उपलब्धि हासिल गरेको हो ।  

मंगलबार कम्पनीको बजार पूँजीकरण ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । यससँगै कम्पनीले बजार पूँजीकरणको मामिलामा माइक्रोसफ्टलाई पछि  पारेको हो । माईक्रोसफ्टको बजार पूँजीकरण ३.३२ ट्रिलियन डलर रहेको छ ।  

मंगलबार एनभिडियाको सेयरमूल्य ३.५ प्रतिशतले वृद्धि भएको थियो । उता माइक्रोसफ्टको सेयरमूल्य भने ०.५ प्रतिशत र आइफोन निर्माता कम्पनी एप्पलको सेयरमूल्य १.१ प्रतिशतले घटेको थियो ।  

एनभिडिया केहि समयअघि ३ ट्रिलियन बजार पूँजीकरण भएको कम्पनीको सूचीमा उक्लेको थियो । विगत डेढ वर्षदेखि कम्पनीको सेयरमूल्यमा व्यापक उछाल आईरहेको छ । सन् २०२३ मा कम्पनीको सेयरमूल्य १७४ प्रतिशतले वृद्धि भएको थियो । गत वर्ष अमेरिकी सेयर बजारमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने कम्पनीको रुपमा एनभिडिया रहेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.