बुधबार, भाद्र २५,२०८२ 01:24:29
  • बुधबार, भाद्र २५,२०८२ 01:24:29
Global IME Bank Limited

टोयोटा लगातार चौथो वर्ष विश्वको सबैभन्दा ठूलो अटो निर्माता बन्न सफल

Hyundai Nepal
टोयोटा लगातार चौथो वर्ष विश्वको सबैभन्दा ठूलो अटो निर्माता बन्न सफल

काठमाण्डौ । जापानी कार निर्माता कम्पनी टोयोटा लगातार चौथो वर्ष विश्वको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी बन्न सफल भएको छ । जर्मनीको प्रतिस्पर्धी कम्पनी भोल्स्गवागेनलाई पछि पार्दै कम्पनीले यो सफलता हात पारेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत वर्ष विश्वभर १ करोड १२ लाख कार बिक्री गरेको जनाएको छ । यसमा कम्पनीको डाईहात्सु र हिनो लाइनअप समेत समावेश छन् । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा कम्पनीको कार बिक्री ७.२ प्रतिशतले बढेको छ ।  

भोल्स्गवागेनले भने गत वर्ष ९० लाख २० हजार कार बिक्री गरेको जनाएको छ । जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले धेरै हो ।  

यी दुई कम्पनी विश्वको अग्रेणी अटो कम्पनी बन्ने दौडमा लामो समयदेखि प्रतिस्पर्धामा छन् । टोयोटाले पछिल्लोपटक जनरल मोटर्सलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अटो कम्पनी बनेको थियो । त्यपछि सन् २०१७ मा टोयोटालाई पछि पार्दै भोल्स्गवागेनले यो उपाधि आफ्नो नाम गरेको थियो ।  

सेमीकन्डक्टरको अभाव कम भएकाले प्रत्येक क्षेत्रमा कारको माग बढेकाले बिक्रीमा वृद्धि आएको कम्पनीले जनाएको छ ।  

यद्यपी यो वर्ष भने कम्पनीले चुनौतिको सामना गुर्नपर्ने देखिएको छ । कम्पनीले गत सोमबार लाइसेन्स टेस्टमा केहि अनियमितता देखिएकाले केहि मोडलका डिजेल कारहरुको ढुवानी रोकिने घोषणा गरेको थियो ।  

कम्पनीको १० वटा मोडलका कारहरुमा प्रभावित इन्जिन प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसमा ल्याण्ड क्रुजर पनि समावेश छ ।  -एजेन्सी

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.