काठमाण्डौ । अन्तराष्ट्रि बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज सुनको मूल्य १.५७ प्रतिशत अर्थात प्रतिऔंस ३७.७५ डलरले घटेको छ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३७० डलरमा कारोबार भईरहेको छ ।
सुनका साथ–साथै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४.४३ प्रतिशत अर्थात १.२८ डलरले घट्दै प्रतिऔंस २७.९२ डलर कायम भएको छ । बढ्दो डलरको मूल्यका कारण सुनमा लगानी घटेकाले सुनको मूल्यमा व्यापक गिरावट आएको हो ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।