बुधबार, असार ४,२०८२ 12:48:09
  • बुधबार, असार ४,२०८२ 12:48:09
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५% छुट

Hyundai Nepal
ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५% छुट
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाण्डौमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।  

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाण्डौका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।  

समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्याडिसन होटल काठमाण्डौमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकहरुले र्याडिसन होटल काठमाण्डौमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाण्डौले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ ।  

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी  १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्राउदै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.