सोमबार, श्रावण १८,२०८३ 01:06:06
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:06:06
Bizshala
Global IME Bank Limited

बिजशाला सर्वेक्षण–२: अधिकांश लगानीकर्ता ठान्छन्–‘यो बुलको नेतृत्व बैंकिङ र हाइड्रोले गर्छ’

बिजशाला सर्वेक्षण–२: अधिकांश लगानीकर्ता ठान्छन्–‘यो बुलको नेतृत्व बैंकिङ र हाइड्रोले गर्छ’
New Office

काठमाण्डौ । नेपालको सेयर बजारमा जारी बुल बैंकिङ र हाइड्रो समूहले नेतृत्व गर्ने विषयमा अधिकांश लगानीकर्ता विश्वस्त देखिएका छन् ।  

बिजशालाले सोमबार साँझ गुगलमार्फत गरेको एक सर्वेक्षणमा सहभागी लगानीकर्तामध्ये धेरैले बैंकिङ र हाइड्रो समूहलाई बुलको नेतृत्व गर्ने समूहको रुपमा प्रस्तुत गरेका हुन् ।

Sector%
Banking44.57
Hydro21.44
Insurance7.22
Micro-Finance6.50
Finance4.81
Development Bank3.13
Manufacturing3.13
Others3.37
Investment1.92
Hotel&Tourism1.20
Trading0.24
All0.722
No Idea1.68

बिजशालाले ५ वटा प्रश्न राखेर गुगल फर्ममार्फत सर्वेक्षण आह्वान गरेको थियो । लगानीकर्ताको मनोविज्ञान जान्ने उद्देश्यले गरिएको सर्वेक्षणमा छोटो समयमै ८ हजार ११३ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ४४.५७ प्रतिशतले बैंकिङले यो बुललाई नेतृत्व गर्ने मत जाहेर गरेका हुन् ।  

‘यो बुल कुन सेक्टर लिड गर्छ जस्तो लाग्छ ?’ भनी सोधिएकोमा २१.४४ प्रतिशत लगानीकर्ताले भने हाइड्रो समूहले बुलको नेतृत्वको गर्ने दाबी पेश गरेका छन् ।  

इन्स्योरेन्स सेक्टर(लाइफ र नन्लाइफ)ले बुलको नेतृत्व गर्ने पक्षमा ७.२२ प्रतिशत, माइक्रोफाइनान्सको पक्षमा ६.५० प्रतिशत, फाइनान्सको पक्षमा ४.८१ प्रतिशत, विकास बैंकको पक्षमा ३.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको पक्षमा पनि ३.१४ प्रतिशत मत खसेको छ ।  

अन्य समूहले बुलको नेतृत्व गर्छ भन्ने लगानीकर्ता ३.३७ प्रतिशत देखिएका छन् भने होटल र टुरिजम समूहको पक्षमा १.२० प्रतिशत, इन्भेष्टमेन्ट समूहको पक्षमा १.९२ प्रतिशत, ट्रेडिङको पक्षमा ०.२४ प्रतिशत मत खसेको छ ।  

सर्वेक्षणमा सहभागीमध्ये ०.७२२ प्रतिशतले सबै सेक्टरले यो पटकको बुलको नेतृत्व गर्ने मत प्रकट गरेका छन् । १.६८ प्रतिशत लगानीकर्ताले भने कुनै अनुमान लगाउन सकेनन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.