सोमबार, श्रावण १८,२०८३ 01:05:36
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:05:36
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंक र ई-क्यान झापाबीच सम्झौता, सरल र सहज रुपमा शैक्षिक कर्जा प्रदान गरिने

माछापुच्छ्रे बैंक र ई-क्यान झापाबीच सम्झौता, सरल र सहज रुपमा शैक्षिक कर्जा प्रदान गरिने
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंक र एजुकेशनल कन्सल्टेन्सी एशोसियसन अफ नेपाल (ईक्यान–झापा)बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा ई—क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।  

सम्झौतापश्चात इ—क्यान,झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै ईक्यान–झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हालदेशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटीएममार्फत १५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.