बुधबार, बैशाख २४,२०८२ 04:31:07
IME remit
  • बुधबार, बैशाख २४,२०८२ 04:31:07
IME remit
Global IME Bank Limited

सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा

Hyundai Nepal
सेयर लगानीकर्ताले हेर्नैपर्ने यी हुन् १० फिल्म, एक सातामै बिलियन डलर कमाउनेको कथा
Nabil Bank Limited

काठमाण्डौ । संसारमा फिल्म मनोरञ्जनका लागि हेरिन्छ। कहिले–काहीँ फिल्मले वास्तविक जीवन र जीवनउपयोगी सन्देश पनि दिने गर्छ।  चलचित्र उद्योगमा पनि स्टक मार्केटले वास्तविक जीवनमा पारेको सकारात्मक र नकारात्मक दुवै अवस्थालाई पनि प्रतिविम्बित गर्ने चलचित्रहरु निर्माण भएका छन्। स्टक मार्केटबाटै बिलियन डलर एकै सातामा कमाएको, महत्वकांक्षाले कसरी मानिसलाई टाट पनि पल्टाउन सक्छ र सेयर बजार कसरी क्र्यास पनि हुने गर्छ भन्नेजस्ता विषयवस्तु सेयर बजारसँग सम्बन्धित फिल्महरुले दिन खोजेका हुन्छन्।  

विश्व सेयर बजारको इतिहास र चलचित्र उद्योगमा हालसम्म बनेका केही हलिउड र केही बलिउड उत्कृष्ट ५–५ फिल्मबारे हामी यहाँ चर्चा गर्न गरिहेका छौँ।  

द उल्फ अफ वालस्ट्रिट

सन् २०१३ मा बनेको यो फिल्म एक स्टक ब्रोकर जोर्डन बेलफोर्टसँग सम्बन्धित रहेको छ। यो फिल्म मार्टिन स्कर्सेसले निर्देशन गरेका हुन्। यो फिल्म एक ब्रोकरको जीवनीमा आधारित छ। एक ब्रोकर कसरी धनी बन्यो र कसरी वित्तीय अपराधमा पनि पर्यो भन्ने कुरा यो फिल्ममा दर्शाउन खोजिएको छ। यो फिल्ममा कसरी सेयर बजारमा पम्प एन्ड डम्प हुन्छ ? भन्ने विषयलाई पनि सटिक ढंगले प्रस्तुत गरिएको छ। यो फिल्मलाई सेयर बजारमा एउटा उत्कृष्ट फिल्मका रुपमा लिइएको छ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

वालस्ट्रिट

निर्देशक वलिभर स्टोनद्वारा निर्देशित यो फिल्म सन् १९८७ मा रिलिज भएको थियो। यो फिल्ममा पनि ब्रोकर हाउसमा हुने सेयर म्यानुपुलेसनलाई नै मुख्य विषयवस्तु बनाइएको छ। यो फिल्ममा पनि एक मध्यम परिवारको व्यक्ति सेयर बजारबाट कसरी धनी बन्न सक्छ रु सेयर बजारमा कसरी इन्साइड ट्रेडिङ हुन्छ रु र कसरी स्टक मार्केटमा गैरकानुनी कामहरु हुने गर्छन् ? भन्ने कुरा देखाइएको छ।  

द बिग सर्ट

सन् २०१५ मा रिलिज भएको यो फिल्मले सन् २००८–९ को विश्व आर्थिक मन्दीलाई पर्दामा उतार्ने कोसिस गरिएको छ। अडाम मिक्कीद्वारा निर्देशित यो फिल्ममा कसरी चार व्यक्तिले नै सेयर बजार र हाउजिङ बजार धारासाही बनाउन सक्छन् भनेर देखाइएको छ। यो फिल्ममा सरकारले संकटमा परेको बैंकलाई ट्याक्स पेयरको पैसा प्रयोग गरेर कसरी उद्धार गर्छ भन्ने विषयलाई पनि प्रस्ट रुपमा देखाइएको छ।  

बोइलर रुम  

सन् २००० मा निर्मित बोइलर रुम पनि सेयर बजार सम्बन्धित एक हेर्नैपर्ने फिल्म हो। बेन योङ्गरद्वारा निर्देशित यो फिल्ममा पनि एउटा ब्रोकर हाउसबाट कसरी सेयरको मूल्यलाई बुस्ट गरिन्छ भन्ने विषयलाई देखाइएको छ। यो फिल्ममा सेयरमूल्यमा अस्वाभाविक वृद्धि र मास सेलिङ कसरी हुन्छ भन्ने यो फिल्ममा देखाएको छ। यो फिल्म भर्खर बजारमा पसेका नयाँ लगानीकर्ताले हेर्नै पर्ने फिल्म रहेको छ। यो फिल्म फन्डमेन्टल हेरेर कसरी लगानी गर्ने र बजारमा फैलिने हल्लाबाट कसरी जोगिने भन्ने विषयमा बनाएको छ।

मार्जिन कल  

यो फिल्म सन् २०११ मा निर्माण भएको हो। यो फिल्ममा पनि खासगरी २००८–९ को आर्थिक संकटलाई विषयवस्तुका रुपमा समेटिएको छ। फिल्ममा बैंकर र त्यहाँका कर्मचारी बढी लिभरेजमा चल्दा कसरी संकट आइपर्छ ? अनि अर्थतन्त्र नै कसरी संकटमा पर्छ ? भन्ने विषयलाई देखाइको छ।  यो फिल्ममा पनि सेयरमा लगानी गर्ने व्यक्तिको महत्वकांक्षा, डर र लोभलाई देखाइएको छ।  

अंग्रेजीपछि हिन्दी भाषामा बनेका बलिउड फिल्म पनि स्टक मार्केटमा थुप्रै भेटिन्छन्। चर्चित लगाीकर्ता हर्षद मेहताको कथामा पनि थुप्रै फिल्म बनेका छन्।  

स्काम  

सन् २०२० मा निर्मित यो फिल्म बलिउडमा हर्षद मेहेताको कथामा आधारित रहेको छ। यो फिल्ममा मध्यम परिवारको व्यक्ति कसरी सेयर बजारमा धनी बन्छ र बजारलाई नै प्रभावित पार्न सक्छ भन्ने विषयवस्तु समेटिएको छ।  

बजार  

हिन्दी भाषमा नै बनेको अर्को फिल्म पनि हेर्ने सेयर लगानीकर्ताले हेर्नै पर्ने फिल्म हो। सन् २०१८ मा बनेको यो थ्रिलर फिल्म हो। यो फिल्ममा पैसा, शक्ति र स्टक मार्केट कसरी एक–अर्कासँग सम्बन्धित छन् भन्ने विषय बनाइएको छ।  

गफ्ला  

सन् २००६ मा बनेको यो फिल्म पनि हर्षद मेहेताकै कथामा आधारित रहेको छ। एक मध्यम वर्गीय व्यक्तिको महत्वकांक्षाले कसरी काम गर्छ र अन्तमा लोभले कसरी व्यक्ति संकटमा पर्छ भन्ने विषयमा यो फिल्म बनाइएको छ।  

कर्पोरेट

अर्को हेर्नै पर्ने फिल्म भनेको कर्पोरेट पनि हो। यो फिल्म सन् २००६ मा बनेको एक महिला लगानीकर्ता महत्कांक्षासँग सम्बन्धित छ।  

द बिग बुल  

यो फिल्म पनि हर्षद मेहेताकै कथामा आधारित थ्रिलर फिल्म हो। यो फिल्म २०२१ मा रिलिज भएको थियो। अभिषेक बचनको मुख्य भूमिका रहेको यो फिल्ममा पनि लगानीकर्ताका लागि ज्ञानबर्द्धक रहेको छ। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.