काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १२.०७ डलरले घटेको छ ।
यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१३.५६ डलरमा कारोबार भईरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य ०.६५ डलरले घटेर प्रतिऔंस २९.३७ डलर कायम भएको छ ।
केही समययता कमजोर बनिरहेको अमेरिकी डलर बलियो भन्दा र अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोमी पावेलले देशको खस्कदो श्रम बजारलाई उकास्न मौद्रिक नीतिलाई लचिलो बनाउने बताएसँगै सुनको मूल्य घटेको हो ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।