सोमबार, श्रावण १८,२०८३ 12:44:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:44:17
Bizshala
Global IME Bank Limited

नेपालमा उलिङ्गको ११ सिटर इभी भ्यान सार्वजनिक हुँदै,सिङ्गल चार्जमा दिन्छ ३००किमि रेञ्ज

नेपालमा उलिङ्गको ११ सिटर इभी भ्यान सार्वजनिक हुँदै,सिङ्गल चार्जमा दिन्छ ३००किमि रेञ्ज
New Office

काठमाण्डौ । कमर्सियल गाडीहरुको डिलर शशिला मोटर्स प्रालि र विश्व प्रसिद्ध बस उत्पादक कम्पनी इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडको सहकार्यमा ११ सिट क्षमताको इभी भ्यान नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ ।  

यसका लागि शशिला मोटर्स प्रालिले इभी उत्पादक उलिङ्ग मोटर्स होल्डिङ्ग लिमिटेडसँग नेपालका लागि आधिकारिक बितरकको रुपमा सम्झौता गरेको छ। उक्त सम्झौतामा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडा र उलिङ्ग मोटर्स होल्डिङ्गका बोर्ड अध्यक्ष युवान जिजुनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात शशिला मोटर्स उलिङ्ग मोटर्सबाट उत्पादित इलेक्ट्रिक कमर्सियल भ्यान तथा अन्य कमर्सियल गाडीहरुको लागि एक मात्र आधिकारक बितरकको रुपमा रहनेछ।

 उक्त मिनि भ्यान वातावरणमैत्री तथा प्यासेन्जर ढुवानी व्यवसायका लागि उत्कृष्ट हुने कम्पनीले जनाएको छ । यो भ्यान आगामी अप्रिल २०२४ बाट नेपाली बजारमा उपलब्ध हुने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले जानकारी दिए ।  

उलिङ्ग इभी भ्यानका प्रमुख बिशेषताहरुः  

- ८ वर्ष वा ४लाख किमि सम्मको वारेन्टी भएको।

- ४१.८७किवा आवर ब्याट्री।

- कटिङ्गएज प्रविधियुक्त लिथियम आयन ब्याट्री प्याक  

- सिङ्गल चार्जमा ३००किमि. रेञ्ज  

- ११ सिट क्षमताको भएको इभीमा सहज यात्राका लागि आरामदायी सिट

- ४.९ मिटर लम्बाई भएकोले पर्याप्त खुल्ला ठाँउसहित आन्तरिक सजावट भएको

उलिङ्ग मोटर्स चाइनामा बहुचर्चित तथा प्रसिद्ध ब्रान्ड हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.