शनिबार, बैशाख १३,२०८२ 09:52:12
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:52:12
IME remit
Global IME Bank Limited

सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?

Hyundai Nepal
सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । केही समय पहिले सामाजिक सञ्जालमा चर्चा चल्यो– ‘सेयर बजार सुन्दर छ वा जोखिमपूर्ण ?’ यसमा सबैका आ–आफ्ना धारणा रहेको छ । केहीले सेयर बजार सुन्दर छ भन्छन् भने केहीेले सेयर बजार जोखिमपूर्ण रहेको तर्क गर्छन् । यथार्थमा भने सेयर बजार सुन्दर भन्दा पनि बढी जोखिमपूर्ण नै हुन्छ ।  

सेयर बजारमा बुझ्नु पर्ने र बुझाउनु पर्ने मुख्य विषय पनि जोखिम नै हो । तर सेयर बजारसम्बन्धी विज्ञ तथा जानकारहरले यसको बारेमा कमै बोलेको पाइन्छ । अर्थात सर्वसाधारणलाई जोखिमको विषयमा कमै बुझान्इछ । पूँजीबजारमा जोखिमको मूल्यांकन नै नगरि सर्वसाधारणलाई सेयर बजार सुन्दर छ भन्नु धोका पनि हुन सक्छ । किनकी सेयर बजार संधै बढेको बढ्यै गर्न सक्दैन । खासगरि, कम्पनीको सेयर मुल्य बढे पछि समग्र नेप्से सूचक बढ्ने हो । कम्पनीको मुल्य २ तरिकाले बढ्न सक्छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

पहिलो भनेको कम्पनीले गरेको व्यापार वृद्धि हो । अर्थात रिर्टन अन इक्विटीमा वृद्धि हुनु हो । जब कम्पनीहरुले रिर्टन बढ्दै जान्छ, त्यस पछि कम्पनीको सेयर मूल्य पनि बढ्दै जान्छ । बजार बढ्नुको दोस्रो कारण हो, ब्याजदर सस्तो हुनु र सरकारको मौद्रिक नीति लचक हुँदै जानु । नेपालको बजारमा ब्याजदर सस्तो मात्रै भएर बजार बढ्दैन । बजारमा पैसाको माग बढाउन सरकारको नीति सहज हुनु पनि पर्छ । राष्ट्र बैंकले लिने नितीले कर्जाको मागलाई प्रभाव पार्छ । सेयर बजारमा कर्जा बढ्दै जाँदा बजार पनि बढ्दै जान्छ । यसमा पनि २ वटा तत्वले काम गर्छ ।  

सेयर कर्जा बढे पछि सेयर लक हुन जान्छ । जसले गर्दा बजारमा सेयर आपूर्तिमा कमी आउछ । एकातिर सेयरको माग बढ्दै जान्छ भने अर्को तर्फ सेयरको संख्या घट्दै जाँदा बजारमा सेयरको मुल्य पनि बढ्दै जान्छ । जसका कारण बजार बुल हुँदै जान्छ । यस्तो अवस्थामा बैंकमा पैसाको ब्याज कम हुन्छ । जसका कारण लगानीकर्ताले सेयरबजारमा बढी प्रतिफल देखेर लगानी गर्न थाल्छन् ।  

Muktinath Bikas Bank Limited

लगानी बढेसँगै सेयरको माग बढ्दै जान्छ । यस्तो चक्र संधैभर भने रहँदैन । जब सेयरको मूल्य बढेर दुई–तीन गुणा हुँदै जान्छ  ब्याजदर पनि डबल डिजिटमा पुग्न थाल्छ । मानिसहरुले पुनः सेयर बेचेर पैसा बजारबाट झिक्न थाल्छन् । उनीहरुले सेयर बजारमा भन्दा बैंकको मुद्दती निक्षेपमा बढी ब्याज पाउन थाले पछि बजारमा आपूर्ति बढ्दै जान्छ । जसका कारण बजार फेरि बियरिसमा चल्न थाल्छ । जुन धेरै नयाँ लगानीकर्ताहरुलाई पत्ता लगाउन सहज हुँदैन ।  

त्यसैले सेयर बजारमा संधै नयाँ फस्ने र पुराना निस्कने चक्र चल्दै जान्छ । यस कारण जसले सेयर समयमा बेचेर निस्कन सक्छ त्यसको लागि सेयर बजार सुन्दर हुन्छ । जसले सेयर बेच्न सक्दैन उसको लागि सेयर बजार सँधै जोखिमपूर्ण नै रहन्छ ।  

दशैंपछिको बजारको अवस्था कस्तो ?

केही समयअघि ३ हजारमाथि पुगेर खसेको बजारको अवस्था के होला भनेर लगानीकर्ताबीच धेरै नै जिज्ञासा रहेको पाइन्छ । सेयर बजारको भविष्य कसैले पनि यकिनका साथ यहि नै हुन्छ भनेर ठोकुवा गर्न सक्दैन् । तर विश्वभर प्रचलित विभिन्न आधारभूत तथा प्राविधिक पक्षलाई केलाएर अनुमान लगाउन भने सकिन्छ ।  

सेयर बजार बुलभित्र पनि करेक्सन हुँदै माथि लाग्ने गर्छ । हालको बजार पनि एउटा बुल भित्रकै करेक्सन भएको हुन सक्ने देखिन्छ । सेयर बजारमा हरेक बुल आउनु भन्दा पहिले एउटा हलचल आँउँछ । जसमा केही अधैर्य व्यक्तिहरुलाई बाहिर निकालेर बजारले फेरी बुलको यात्रा तय गर्ने गरेको देखिन्छ ।  

त्यसैले, विश्व सेयर बजारका गुरु वारेन बफेटले भने जस्ते सेयर बजार भनेको अधैर्य गर्ने मानिसको सम्पति धैर्य गर्ने मानिसमा हस्तान्तरण गर्ने एक डिभाइस पनि हो । यसकारण दशैं अगाडि केही साइडवेजमा चलेको बजारले चाडपर्व पछि पुनःगति लिन सक्छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.