Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 03:16:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सस्ता सेयरभाउ भएका ३५ कम्पनी, लगानी गर्दा रिटर्न पाउने सम्भावना कति ?

Bizshala
सस्ता सेयरभाउ भएका ३५ कम्पनी, लगानी गर्दा रिटर्न पाउने सम्भावना कति ?
Shivam Cement

काठमाण्डौ । गत साउन महिनामा ३ हजारको विन्दुमा पुगेको नेप्से परिसूचक अहिले घटेर २६६५ को विन्दुमा कायम भएको छ । दुई महिनाको अन्तरालमा सेयरबजार १२.५७ प्रतिशतले घट्न पुगेको छ ।  

देशको अर्थतन्त्र सकारात्मक देखिएपनि पछिल्लो समयको राजनीतिक अस्थिरताका कारण सेयरबजारमा करेक्सन देखिएको बजार जानकारहरुले बताएका छन् । दशैंपछि तीनदिन सेयरबजारमा सुधार देखिएपनि त्यसपछिको दुईदिन बजारमा ठूलो करेक्सन देखिएको थियो ।  

आज पुनः बजारले लय समातेको छ । बजारमा राजनीतिक परिस्थितले गर्दा उतारचढाव देखिएको बजार जानकारहरुको भनाई छ । तर बजारको हिस्ट्री प्याटर्न हेर्दा बजार बढ्न सक्ने जानकारहरुले अनुमान लगाएका छन् ।  

हाल २६ सयको विन्दुमा रहेको नेप्से परिसूचक बढेर ३ हजार क्रस हुने जानकारहरुले अनुमान लगाइरहेका छन् । जानकारहरुका अनुसार सेयरबजारमा लगानी गर्न चाहानेहरुका लागि अहिले उपयुक्त समय हुन सक्छ । लाभांश सिजन भएकाले दीर्घकालिन लगानी गर्न अहिले उचित समय हुने जानकारहरु बताउँछन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुमध्ये अहिले बजारमा तीन दर्जन कम्पनीका सेयर सस्तोमै खरिद गर्न सकिन्छ । नेप्से परिसूचक २६ सयको विन्दुमा कायम हुँदा अहिले सस्ता सेयरभाउ भएका कम्पनी उठाएर राख्दा पछि उत्कृष्ट रिटर्न पाउन सकिने जानकारहरु दाबी गर्छन् ।  

सूचीकृत कम्पनीहरुमध्ये अधिकांश वाणिज्य बैंक र हाइड्रोपावर कम्पनीका सेयरभाउ सस्तोमै पाइन्छन् । यतिबेला लाभांश सिजन पनि सुरु भएकाले अहिले सस्ता कम्पनीहरु खरिद गर्न उपयुक्त समय हुन सक्छ ।  

बैंक तथा हाइड्रो कम्पनीहरुले लाभांश घोषणा गर्न थालेका छन् । सूचीकृत कम्पनीको तुलनामा हाइड्रो कम्पनीहरुले लाभांश वितरण कमै गरेतापनि यतिबेला हाइड्रो कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्न थालेका छन् । लगानीकर्ताहरुले हकप्रदमार्फत पनि रिटर्न प्राप्त गर्न सक्नेछन् ।  

वाणिज्य बैंकहरुले प्रत्येक आर्थिक वर्षमा आर्जित मुनाफाबाट वितरणयोग्य मुनाफा छुट्याई लगानीकर्तालाई केही प्रतिशत भएपनि प्रतिफल बाँडेका हुन्छन् । सूचीकृत कम्पनीहरुको तुलनामा लगानीकर्तालाई निरन्तर प्रतिफल अर्थात् लाभांश बाँड्ने भनेकै वाणिज्य बैंकहरु हुन् । लगानीकर्ताहरुले सेयरभाउ बढोत्तरीबाट नाफा बुक गर्न नसकेपनि बैंकहरुले वितरण गरेको लाभांशबाट रिटर्न प्राप्त गर्न सक्नेछन् ।  

CG Motors
Garima Development Bank
IME remit

बजारमा अहिले ११ वटा वाणिज्य बैंकको सेयरभाउ सस्तोमै पाइन्छ । ३ सय भन्दा कम सेयरभाउ रहेका वाणिज्य बैंकहरुमध्ये हालसम्म सिटिजन्स बैंकले मात्रै लाभांश घोषणा गरेको भने अन्य बैंकले लाभांश प्रस्ताव गर्न बाँकी नै छ । यसकारण सस्ता सेयरभाउ रहेका वाणिज्य बैंकहरुको सेयर खरिद गर्दा लङ टर्मका लागि लगानीकर्ताले लाभांशबाटै रिटर्न पाउन सक्नेछन् ।  

त्यस्तै, २२ वटा हाइड्रो कम्पनीको सेयरभाउ पनि ३ सय रुपैयाँभन्दा कम छ । तुलनात्मक रुपमा हाइड्रो कम्पनीहरुले थोरै लाभांश दिएपनि सर्ट टर्मका लागि हाइड्रो कम्पनी नै लगानीका लागि उपयुक्त हुन सक्ने लगानीकर्ताहरु बताउँछन् । नेप्सेमा सूचीकृत समूहमध्ये हाइड्रोपावर समूहमा धेरै कम्पनी रहेकाले पनि अल्पकालिन लगानीका लागि अधिकांश लगानीकर्ताले हाइड्रो कम्पनी नै छान्ने गरेको पाइन्छ ।  

यतिबेला हाइड्रोपावर कम्पनीहरुले हकप्रद निष्कासन गर्न लागेका छन् । यसबाट पनि लगानीकर्ताले रिटर्न पाउन सक्नेछन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.