शनिबार, बैशाख १३,२०८२ 09:35:22
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:35:22
IME remit
Global IME Bank Limited

उत्कृष्टतातर्फ ‘नेपाल लाइफ’को यात्रा जारी रहनेछ: सीईओ

Hyundai Nepal
उत्कृष्टतातर्फ ‘नेपाल लाइफ’को यात्रा जारी रहनेछ: सीईओ
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले चुनौतीपूर्ण आर्थिक अवस्थाको बाबजुद पनि नेपाल लाइफले उद्योगको औसतभन्दा उत्कृष्ट प्रदर्शन गर्दै प्रशंसनीय नतिजाहरु हासिल गरेको बताएका छन्। 

कम्पनीको वेबसाइटमा एउटा सन्देश जारी गर्दै सीईओ पराजुलीले मुलुकमा आर्थिक मन्दीमा समेत कम्पनीले उल्लेखनीय व्यवसाय गर्न सफल भएको बताएका हुन्। उनले भने, ‘म तपाइँहरुको अटल समर्पणको लागि कृतज्ञता व्यक्त गर्न चाहान्छु र गत आर्थिक वर्ष २०७९–८०मा हाम्रो सफल कार्यसम्पादनको लागि बधाइ दिन चाहन्छु।’ 

कम्पनीले गत आर्थिक वर्षमा सबैभन्दा बढी ३६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी उत्कृष्ट प्रर्दशन गर्न सफल भएको भन्दै सीईओ पराजुलीले सबैलाई बधाइ दिएका छन्। यसका साथै, उनले कम्पनीको सफलताको श्रेय नवीनतम कार्य, डिजिटलाइजेसन, परिकृष्ट ग्राहक सेवा अनुभव र रणनीतिक लगानीमा ध्यान केन्द्रित गर्दा उल्लेख्य सफलता प्राप्त भएको बताए। 

कम्पनीले भविष्यमा थप प्रभावकारी योजनाहरु बनाएको सीईओ पराजुलीले बताए। बजार विस्तार, बीमा साक्षरता कार्यक्रम, नयाँ उत्पादन प्रक्षेपण र लगानीको विविधिकरण सहितका योजनाहरु बनाई कम्पनीलाई थप चुस्तदुरुस्त बनाउने उनको भनाइ छ। ‘हामीसँग उद्योग मापदण्डहरु पुनः परिभाषित गर्ने र दिगो विरासत सिर्जना गर्ने शक्ति समेत छ’, उनले भने, ‘तपाइँहरुको योगदानको लागि धन्यवाद र उत्कृष्टतातर्फ हाम्रो यात्रा जारी राख्छौँ।’ 

गत आर्थिक वर्षमा नेपाल लाइफले वित्तीय सूचकहरुमा उत्कृष्ट प्रदर्शनी गरेको थियो। जीवन बीमा कम्पनीहरुमा सबैभन्दा अब्बल मानिने यस कम्पनीले गत वर्षमा ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। त्यस्तै, बीमितमैत्री बन्दै कम्पनीले गत आर्थिक वर्षमा १५ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ दाबी भुक्तानीसमेत दिएको थियो। 

यसका साथै कम्पनीले गत आर्थिक वर्षमा जीवन बीमा कोषको आकारसमेत वृद्धि गरी १ खर्ब ६३ अर्ब ८२ करोड रुपैयाँको बीमा कोष खडा गर्न सफल भएको छ। त्यस्तै, जगेडा कोषमा समेत कम्पनीले ६४ करोड ९७ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.