बेष्ट फाइनान्सले कमायो २०.७७ लाख नाफा, वितरणयोग्य मुनाफा ३० करोड बढीले ऋणात्मक
काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेड नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २० लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ६ लाख घाटामा थियो । यो अवधिमा कम्पनीले १३ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.३१ प्रतिशतले बढी हो । यस्तै...

