सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि
काठमाण्डौ । साताको अन्तिम कारोबार सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ३.१९ प्रतिशत र निर्जीवन बीमा समूह २.४० प्रतिशतलते बढेको छ...

