सेबोन अध्यक्षले हाले अदालतको अवहेलना मुद्दा, मिडियालाई ७ दिने स्पष्टीकरण सोधियो
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध उर्जा उत्पादकहरुबाट बिचौलिया प्रयोग गरी कमिसन मागेको लगायतका समाचारहरु लगातार प्रकाशन गरेका दुई अनलाइन मिडियाहरुलाई त्यस्ता समाचार तत्काल हटाउन अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन नभएको भन्दै अवहेलनाको अर्को मुद्दा दर्ता भएको छ । सेबोन अध्यक्ष श्रेष्ठले बुधबार बिजमाण्डू...

