दोर्दी खोला जलविद्युतले ९३ हजार कित्ता सेयर बिक्रीमा राख्ने
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ९३ हजार ६२९ कित्ता सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्ने भएको छ । कम्पनीले गत जेठ ११ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरी बिक्रीमा राखिएकोमा आवेदन नपरेको उक्त सेयर असार २४ गतेदेखि पुनः बिक्री गर्न लागेको हो । यो सेयर सर्वसाधारण समूहको लकइनमा नरहेको सेयर हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी...

