तिहारपछि खुलेको सेयरबजार सामान्य अंकले बढ्यो, कारोबार भने जम्मा २.६६ अर्बमा सीमित
काठमाण्डौ । तिहारको बिदापछि पहिलोपटक खुलेको सेयरबजार आज सामान्य अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.१९ अंकले बढेर २ हजार ५०९.०४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१३ प्रतिशतले घटेर ४३७. विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको...

