अघि बढ्यो एसएमई प्लेटफर्म सञ्चालनको प्रक्रिया,धितोपत्र बोर्डलाई नियमावली बनाउन स्वीकृति
काठमाण्डौ । साना तथा मझौला संगठित संस्था(एसएमई)को धितोपत्र निष्कासन तथा कारोबार नियमावली २०८१ अन्ततः बन्ने भएको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो नियमावली बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिने निर्णय गरेको हो । एसएमईको नियमावलीको मस्यौदा स्वीकृतिका लागि धितोपत्र बोर्डले डेढ वर्षअघि अर्थ मन्त्रालयमा पेस गरेको थियो । तर नयाँ अध्यक्ष आएपछि अध्यक्ष नै...

