रुरु जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६४.३५ रुपैयाँ कायम भएको छ ।

