नेप्सेको सपोर्ट जोनमा ‘ड्रागन फ्लाई डोजि’, बजारमा रिभर्सलको संकेत
काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । (हेर्नुहोस् कालो एरो) बजारले आज पनि २६६० विन्दुमा सपोर्ट लिएको छ । यस अघि पनि बजारले यहि विन्दुमा सपोर्टं लिएका थियो ।सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।

