माण्डु हाईड्रोपावरको विद्युत उत्पादन बन्द
काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडको विद्युत उत्पादन बन्द भएको छ । असोज ११ गते शुक्रवारको दिनदेखि परेको अविरल भिषण वर्षाको कारणले बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले यस आयोजनाको पावर हाउस तथा हेड वर्बसमा रहेको भौतिक संरचना लगायत उपकरणहरुमा क्षति पुगेको छ ।

