तीन दिनको कारोबारमा ८० अंकले बढ्यो नेप्से, ‘बिक्री दबाब समाप्त’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.६० प्रतिशत अर्थात ४३.२२ अंकले बढेर २ हजार ७४२.८८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५८ प्रतिशतले बढेर ४९३.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता...

