आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च खरिद र ४ वटाबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासा सेक्युरिटिजसहित ६ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ४ वटा उच्च बिक्री भएको छ । आज इम्पेरियल सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ९६.४५ करोडको खरिद र ९५.६५ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको नासा सेक्युरिटिजबाट ७०.८४ करोड खरिद र ६६.६६ करोडको बिक्री भएको छ ।

