सिद्धार्थ बैंकको करिब ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । यसअघि गत जेठ ३१ गते बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै सेयर बिक्रीमा राखिएकोमा...

