नेप्सेमा झिनो वृद्धि, जानकार भन्छन्,‘ लगानीकर्ताको आन्दोलनले सरकारमा दबाब सिर्जना हुनेछ’
TRENDING
काठमाण्डौ । सानिमा माई र्हाईड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा पुनःनियुक्त भएका छन् । कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई आगामी ४ वर्षका लागि महाप्रबन्धकमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सरकारले देशको पूँजी बजार सुधारमा ध्यान नदिएको भन्दै सेयर लगानीकर्ताहरुले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन् । अगुवा सेयर लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक संजालमार्फत लगानी सम्मेलनमा प्रदर्शन गर्ने योजना बनाएको र यसका लागि जुट्न सबैमा आह्वान गरेको छन् । उनले फेसबुक पोष्टमा लेखेका छन्, ‘१६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ११ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुत अघिल्लो आवको सोहि अवधिको तुलनामा १.३५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १२ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको ५ औं साधारण सभा आज आयोजना हुन लागेको हो । उक्त सभा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको होटल सिद्धार्थ भिलासामा आयोजना हुन लागेको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)...
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९४.८९ प्रतिशतले वृद्धि भएको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी पनि ८.७८ प्रतिशतले वृद्धि भएर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि व्यक्ति वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ...
काठमाण्डौं । दोस्रो बजारमा कारोबार भईरहेका अधिकांश वाणिज्य बैंकहरुको सेयर निकै सस्तो मूल्यमा पाउन थालेका छन् । पछिल्लो समय सेयर बजारमा आईरहेको गिरावट र बैंकहरुको वित्तीय विवरण पनि सन्तोषजनक आउन नसकेका कारण वाणिज्य बैंकहरुको सेयरमूल्य सस्तौ भाउमै पाइन थालेका हुन् । बैंकहरुको संस्थापक सेयर नभएर सर्वसाधारण समूह कै १० वटा कम्पनीको सेयर २ सय तल पाइन्छ । त्यसमा पनि ५ वटा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत फाइनान्स कम्पनीहरुले साढे ३५ करोड रुपैयाँ घाटा ब्यहोरेका छन् । १५ वित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३५ करोड ५१ लाख रुपैयाँ नोक्सान ब्यहोरेका हुन् । १५ मध्ये सो अवधिसम्म जम्मा ७ वटा कम्पनी मात्रै नाफा आर्जन गर्न सफल भएका छन् भने ८ वटा कम्पनीको मुनाफा ऋणात्मक अवस्थामा रहेको छ । नाफा कमाएका ७ वटा...
काठमाण्डौ । बियरिस ट्रेण्डमा रहेको बंगलादेशको सेयर बजारलाई गति दिने प्रयास विफल भएको छ । पछिल्लो समय ओरालो लागिरहेको बंगलादेशको सेयर बजार उकास्नका लागि सोमबार बंगलादेशको नियामकले शीर्ष ब्रोकर कम्पनी र मर्चेन्ट बैंकहरुसँग भएको वार्ता विफल भएको हो । बंगलादेशको ‘बंगलादेश सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसन(बीएसईसी)ले आयोजना गरेको वार्तामा केहि पनि ठोस निर्णय हुन नसकेको...
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार अधिकांश विकास बैंकको वित्तिय विवरण लगानीकर्ताले अपेक्षा गरे अनुसार आउन सकेको छैन । वाणिज्य बैंकहरु जस्तै विकास बैंकहरुको प्रतिवेदन पनि अपेक्षा अनुरुप आउन नसकेको हो । त्रैमासिक प्रतिवेदन अनुसार कामना सेवा विकास बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै देखिएको छ । कामना सेवाको वितरणयोग्य मुनाफा २८ करोड ७३...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख १० हजार ३०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको...
नमस्कार गभर्नर ज्यू, आज मनमा लागेका केही कुरा लेख्न मन लाग्यो । धेरैले भन्ने गर्छन् ः राष्ट्रबैंकको कसिलो र कुटिल नीतिका कारण झण्डै ३ वर्षदेखि नेपालको पूँजीबजार ओरालो लाग्यो, कोमामा पुग्यो र धेरैको बिचल्ली भयो । तर म भन्छु रास्ट्र बैंकले लिने नीति गलत हुनैसक्दैन । उद्योगी, व्यवसायी र लगानीकर्तासँग नै सुझाव मागेर ल्याइने नीति गलत हुने त कुरै भएन नि ! दुईचारजना उद्योगी,...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ९५ हजार ४६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै यो सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट माथि उठेर मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको तैस्रो त्रैमाससम्ममा २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा भने संस्थाले ५४ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी...
काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ र २०७८/७९ का लागि लाभांश घोषणा गरेको हो । बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई...
काठमाण्डौ । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।
काठमाण्डौं । आज कारोबारको पहिलो प्रहरमा बढेको बजार अन्तिमसम्म आउँदा करिब १५ अंकले गिरावट आएर बन्द भयो । आज बजार घट्दा २ अर्बमाथिको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा आज पिभट् प्वइन्ट १९९० मा २ पटक प्रतिरोध सामाना गरेर तल खसेको छ । अघिल्लो कारोबारमा बनेको ह्याम्मर प्रकृतिको क्याण्डललाई आजको बजारले अस्वीकार गरेको देखिन्छ ।तर बजार आइतबारको न्यून विन्दु...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १५.४१ अंकको गिरावट आएको छ । नेप्से परिसूचक १९६९ विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड उपसूचक मात्रै चम्किएको छ । नेप्सेमा कुल ३३ वटा म्युचुअल फण्डहरु सूचीकृत छन् । आज १२ वटा फण्डको इकाईमूल्य वृद्धि भएको छ भने १६ वटा फण्डको घटेको छ । त्यस्तै, ५ वटा फण्डको मूल्य भने तटस्थ रहेको छ । म्युचुअल फण्ड...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.