सामलिङ्ग पावरको नाफामा ३१.८४% को गिरावट,विद्युत बिक्री आम्दानी र ईपीएसमा पनि कमी
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३१.८४ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ थियो ।

