हिजोका ‘घोडा कम्पनी’ आज गधा भए, ट्रेडरको रजगजले मार्केट ट्रेण्डमै परिवर्तन
-प्रेम वलीनेपाल शेयर बजारमा नयाँ कम्पनीहरुको आगमन भइरहेको छ । नयाँ लगानीकर्ता थपिने गति पनि उस्तै छ । यसले बजारको आकार ठूलो बन्दै गएको देखाउँछ भने लगानीकर्ताको बढ्दो आकर्षण पनि । बजारको साइज ठूलो हुँदै जानु र लगानीकर्ता पनि थपिनु समग्र सेयर बजारका लागि सकारात्मक पक्ष हो । दिनप्रतिदिन हाम्रो बजार पनि आधुनिक हुँदै गइरहेको छ । बजारमा अनलाइन कारोबारको सुरुवात भएको धेरै...

