पिपुल्स पावरको हकप्रद सेयर बाँडफाँड, ३.९१ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर भदौ ५ गते बाँडफाँड गरिएको हो । पिपुल्स पावरले गत असार १ गतेसम्म कायम सयेरधनीका लागि असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

