मनी फ्लो इन्डेक्सको ओभर सोल्ड जोनमा चल्दै बजार, अबको सम्भावना कस्तो ?
काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब १० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि साढे २ महिना यताकै न्यून भएको छ । प्राविधिक रुपमा हालको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा चलेको देखिन्छ । हाल तल्लो ब्याण्डमा चलेको बजारले बिस्तारै माथिको यात्रा लिँदै गरेको देखिन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको वियरिस...

