गगन थापा रातभर सुत्न सकेनन्, कांग्रेस सरकारबाट फिर्ता हुने
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार सरकारले बानेश्वरमा मच्चाएको नरसंहारका कारण आफू रातभरि सुत्न नसकेको बताएका छन् । सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै उनले अबोध युवाहरु अनाहकमा मारिएको क्रूर दृश्य आँखै अगाडि घूमेका कारण पीडाले रातभरि सुत्न नसकेको बताएका हुन् ।