नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा श्रेष्ठ, नयाँ बोर्ड गठन
काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५–२०२६ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । काजी स्टुडीयोका संस्थापक श्रेष्ठ बिगत चार बर्षदेखी मञ्चमा आवद्ध छन् ।