२०४६ सालपछि सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्ति छानविन गरिने
काठमाण्डौ । सरकारले २०४६ सालपछि सार्वजनिक पदमा आसीन व्यक्तिको सम्पत्ति पारदर्शी र कानुनी प्रक्रियाअनुसार छानविन गरिने प्रतिबद्धता व्यक्त गरेको छ । संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय राजनीतिक दलका घोषणापत्रहरुलाई समेटर सार्वजनिक गरेको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदामा उक्त विषय उल्लेख गरिएको छ । सरकारले संवैधानिक निकायहरुको संस्थागत...

