घरजग्गा कारोबारमा कमी, वैशाखमा ४.२४ अर्ब राजश्व संकलन
काठमाण्डौ । वैशाख महिनामा घरजग्गा कारोबारमा कमी आएको छ । भूमी व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार वैशाख महिनामा घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यो रकम चैत महिनाको तुलनामा कम हो । सरकारले चैत महिनामा घरजग्गा कारोबारबाट ४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । देशभरका मालपोत कार्यालयबाट वैशाख महिनामा ४९ हजार...

