नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गरिने
काठमाण्डौ । सरकारले नेपालमा विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याएको छ । अर्थमनत्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताएका हुन् ।

