वास्तविक समयमा दाबी गर्न सक्ने गरी पूर्वाधारको व्यवस्थापन गर्न बोर्डको निर्देशन
काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले वास्तविक समय(रियल टाइम)दाबी गर्न सक्ने गरी पूर्वाधारको व्यवस्थापन गर्न निर्देशन दिएको छ । बोर्डले रियल टाइम दाबी गर्न सक्ने गरी भौतिक,जनशक्ति लगायतका आवश्यक पर्ने पूर्वाधारहरुको व्यवस्थापन गर्न स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध सबे स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो ।

