सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, एलआइसी नेपालका सेयरधनीले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८० विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा इन्डेक्स २.६५...

