जापानमा नेपाली कागजबाट बनेका नयाँ नोटहरु प्रचलनमा आउँदै, जापानी भन्छन्,‘नेपाल नभए जापान चल्दैन’
काठमाण्डौ । जापानमा नेपाली कागजबाट बनेको नयाँ नोटहरु प्रचलनमा आउन थालेका छन् । जापानको केन्द्रीय बैंकले नेपाली कागजबाट बनेका चिल्ला नोटहरु एटीएममा लोड गर्न सुरु गरेका छन् । जापानी नागरिकको खल्तीमा पुग्नुअघि येन नोटले महिनौको मिहेनतसहितको लामो र हजारौं किलोमिटरको कठिन थल र हवाई यात्रा तय गरेको छ । जापान, वितेका वर्षहरुमा डिजिटल भुक्तानीतर्फ उन्मुख भएतापनि अmभै पनि...

