सपोर्ट लघुवित्तको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा महेश कुमार पोखरेल नियुक्त भएका छन् । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई संस्थाको अध्यक्ष चयन गरेको हो ।

