प्रधानमन्त्रीको नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग गठन गर्न एफएनसीसीआईको माग
काठमाण्डौ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)सँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारबिना बिकास सम्भव नभएको उल्लेख गर्दै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने आश्वासन दिएका हुन् ।

