कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त तथा सहकारीलाई कारबाहीको दायरामा ल्याइन्छः प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनविपरीत सञ्चालन भइरहेका लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।आज संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका हुन्...

