योजना आयोगको पूर्ण बैठकद्वारा सरकारको वार्षिक विकास कार्यक्रम र मध्यमकालीन खर्च संरचना पारित
काठमाण्डौ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन(२०८१/८२–२०८३/८४) खर्च संरचना स्वीकृत गरेको छ ।मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो ।

