एसईई परीक्षा आजदेखि सुरु,५ लाख बढी विद्यार्थी सहभागी हुँदै
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुने भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ ।आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्षको एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी हुदैछन् । जसमा २ लाख ५० हजार ७७२ छात्रा र २ लाख ५३ हजार ६२७ छात्र रहेका छन् ।

