१९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन एभरेष्ट
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज म्युचुअल फण्ड उपसूचकबाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.७३...