एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०४ कम्पनीको १ करोड २३ लाख ७१ हजार ३१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचका घटेको छ...