आम्दानी घटेसँगै शिवम् सिमेन्टको नाफामा ५७.९३% को गिरावट, ईपीएस ४.९८ रुपैयाँमा सीमित
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडको आम्दानी घटेसँगै मुनाफामा कमी आएको छ । कम्पनीले आम्दानी बढाउन नसक्दा कम्पनीको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७० करोड रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको ७ अर्ब ७५ करोड रुपैयाँको तुलनामा ०.५८ प्रतिशतले कम हो ।