आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, एउटैले गर्यो झण्डै २ अर्बको कारोबार
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन भोल्युम तथा कारोबारले छलाङ मार्दा शीर्ष १० ब्रोकरहरुमध्ये ७ वटाबाट उच्च खरिद भएको छ । उच्च खरिद गर्नेमा आज नाशा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) रहेको छ । यो ब्रोकरबाट आज झण्डै २ अर्बको कारोबार भएको छ । यस ब्रोकरले करिब १ अर्ब ९० करोडबराबरको कारोबार गरेको छ । यस ब्रोकरबाट १ अर्ब ६ करोडको खरिद र ८२ करोडबराबरको बिक्री गरेको छ । बाँकी भने...